काठमाडौं महानगरपालिकाका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशीकाअनुसार आइतबार उनीहरुलाई बागबजार, पुतलीसडक, न्यूरोड, बिजुलीबजार, तीनकुनेलगायत स्थानबाट नियन्त्रणमा लिइएको हो । सातैजना बिजुलीको पोलमा पर्चा–पम्पलेट टाँसिरहेको अवस्थामा पक्राउ परेका हुन् । कामपाले केही दिनअघि एसइई परीक्षा सकेका विद्यार्थीलाई लक्षित गरी विभिन्न संघ–संस्थाले पर्चा–पम्पलेट टाँसेर सडकलाई कुरुप बनाएको भन्दै त्यसो नगर्न सूचना जारी गरेको थियो । जोशीकाअनुसार…