कृषक दम्पत्तीको हत्यामा संलग्न चारजना सार्वजनिक • Image Khabar Image Khabar


कृषक दम्पत्तीको हत्यामा संलग्न चारजना सार्वजनिक


Imagekhabar
१२ जेष्ठ २०७५, शनिबार ०८:३९

कृषक दम्पत्तीको हत्यामा संलग्न चारजना सार्वजनिक

बारा, जेठ १२ । बाराको सिमरा बजनीका कृषक दम्पत्ती हत्यामा संलग्न रहेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा जीतपुर-सिमरा उपमहानगरपालिका–२ का रमेश थापा, सोही वडाका गोपालबहादुर लामा, वडा नं. ३ का गुप्तबहादुर लामा र नवलपरासी, गैंडाकोटका अर्जुन नेपाली छन् ।

घटनाका मुख्य योजनाकार रमेश थापा भएको बाराका प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन ।

गत मंसिर १६ गते राति जीतपुर-सिमरा उपमहानगरपालिका वडा नं. ३ बजनी बस्ने कृषक दम्पत्ती दिपकराज सुवेदी र उनका श्रीमती दीपा सुवेदीलाई हथौडा र रड प्रहार गरी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्