२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


३० लाख रुपैयाँ बराबरको तस्करीका सामानसहित पक्राउ


0
Shares

कपिलबस्तु, जेठ ११ । कपिलबस्तु प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट ३० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।

१२३ बोरा कालो मरिचसहित ३० लाख ८२ हजार ८८० रुपैंया बराबरको सामान बरामद भएको हो । भारतबाट भन्सार छली ल्याउँदै गरेको र नेपालबाट भन्सार छली भारततर्फ लैजाँदै गरेका सामान बरामद गरिएको कपिलबस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।

प्रहरीले कपिलबस्तुको मर्यादपुर, कृष्णनगर, रंगपुर लगायत ठाउँबाट उक्त परिमाणको अवैध सामान बरामद गरेको हो ।

प्रहरीले २२ लाख ६० हजार ५०० रुपैयाँ बराबरको कालो मरिच, १२२ कार्टुन स्याउ, ५२ पेटी क्लोज अप टुथपेस्ट, सहारा चुरोट २ पेटी, सुर्ती ११ बोरा, फेयर एन्ड लभली ३ पेटी, खुकुरी चुरोट ३६ पेटी, नुन २ बोरा, बिस्कुट १२ पोका, सेमई (मिठाई) २८ केजी, छोकडा ५ केजी, नरिवल ५ केजी, कम्मल १० थान, चिनी लगायतका मालसामान बरामद गरेको छ ।

बरामद भएका सामानहरुको बजार मुल्य करिब ३० लाख ८२ हजार ८८० रुपैयाँ बराबरको रहेको प्रहरीले बताएको छ ।