२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आफ्नै श्रीमतीको अपहरण, श्रीमान्लाई ७ वर्षको जेल


0
Shares

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्कीले आफूले सम्बन्धविच्छेदका लागि मुद्दा हालेपछि श्रीमान् नरेन्द्र शर्माले अपहरणको शैलीमा ललितपुर, सुनाकोठीको पुनःस्थापना केन्द्रमा पुर्‍याएर बिनाकारण ८ महिनासम्म राखेको दावी गरिन् ।

पुनःस्थापना केन्द्रमा पनि आफूलाई यातना दिइएको पनि उनले बताएकी छन् ।

लामो समय जर्मनी बसेर फर्केका श्रीमान्ले नेपाल फर्केपछि पनि घर परिवारको बेवास्ता गर्ने र परस्त्रीसँग सम्बन्ध राख्दै हिँडेर सास्ती दिएपछि आफूले ‘डिभोर्स’को मुद्दा हालेको सबिनाको भनाइ रहेको छ ।

तर, श्रीमान्ले उल्टै आफूलाई दुर्व्यसनी बनाएर सुनाकोठीको ‘फेथ’ पुनःस्थापना केन्द्रमा लगेर छाडेको उनको भनाइ रहेको छ ।

उक्त पुनःस्थापना केन्द्रका सन्चालक सुभाष खड्का र सहसन्चालक सुधीर अधिकारीले नरेन्द्र शर्मासँगै मिलेर ८ महिनासम्म यातना दिएर राखेको आरोप पनि सबिनाले लगाएकी छन् ।

श्रीमान् शर्मालाई ७ वर्षको जेल
यसैबीच, ललितपुर जिल्ला अदालतले गत बुधबार सबिनाका श्रीमान् नरेन्द्र शर्मालाई शरीर बन्धक तथा अपहरण मुद्दामा ७ वर्षको जेल सजाय सुनाएको छ ।

८ महिनापछि त्यहाँबाट भाग्न सफल उनले महिलाको हक, अधिकारका लागि काम गर्दै आएको संस्थाको सहयोगमा प्रहरीमार्फत् श्रीमान् शर्मासहित खड्का र अधिकारीविरुद्ध शरीर बन्धक तथा अपहरण अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

अदालतले आरोपीमध्ये खड्का र अधिकारीलाई धरौटीमा छाडेको थियो ।