काठमाडौं, असोज ९ । काठमाडौंको टोखाबाट प्रहरीले तीन किलो अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले सोमबार राति रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका पेम्बा लामा र नरबहादुर घलेलाई सो सुनसहित पक्राउ गरेको हो । रसुवाको केरुङ नाका हुँदै ल्याइएको सो सुनको नेपाली बजारमा एक करोड ५० लाख रुपैयाँभन्दा बढी…