चन्द्रपुर, मंसिर ४ । पेस्तोलसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मतीमा लागेको हरिबोधनी एकादशी मेलामा पुगेका गुजरा नगरपालिका–१ निवासी ३१ वर्षीय विशाल धामी र २० वर्षीय मुन्ना धामी पेस्तोलसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले एक थान पेस्तोल र सोमा लाग्ने दुई थान गोली बरामद गरेको छ ।…