काठमाडौं, असार १३ । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा कथित ‘धर्तीमाता’को नाममा एक युवतीमाथि दुर्व्यवहार (कुटपिट) गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी घर भइ रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएकोे छ । यही असार ५ गते मन्दिरमा उनले घटना गराएको प्रहरीले जनाएको छ…