काठमाडौं, साउन २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिक ली निङसिङ हुन् । गए राति १०ः५० बजे क्याथी ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । कम्मरमा लगाउने…