Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


फरार भएका सिद्धबाबाद्वारा जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण, कारागार चलान

सुनसरी । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालत, विराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएसँगै फरार भएका गिरीले आज आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पणसँगै उनलाई आजै पुर्पक्षका लागि झुम्का कारागार चलान गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए…