
काठमाडौं । गत १७ गते राती काठमाडौको लाजिम्पाटको मुल सड्कमा रहेको पबि ज्वेलरी पसलमा चोरी भएको छ ।
चोरी गर्नेले सटर फोडेर चोरी गरेको प्रहरिले बताएको छ ।
ज्वेलरी पसलका सन्चालक दिलिप श्रेष्ठकाअनुसा झण्डै १ करोड २५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना र २ लाख २५ हजार नगद चोरी भएको जानकारी दिएको छ ।
चोरी गर्नेले पसलमा रहेको सिसि क्यामेराको हार्ड डिस्क समेत लगेको प्रहरिले बताएको छ ।
घट्ना स्थलमा अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा र महानगरिय प्रहरी परिसरका प्रहरी खटिएका थिए भने प्रहरीले २ वटा कुकुर पनि प्रयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्