सोलुखुम्बु, वैशाख १५ । सगरमाथा राष्ट्रिय निकुञ्जमा ‘लकडाउन’को मौका छोपी तस्करहरुले सातओटा कस्तुरी मारेका छन् । विश्व सम्पदा सूचीमा परेको राष्ट्रिय निकुञ्ज क्षेत्रको घ्वाला लो भन्ने क्षेत्रमा कस्तुरीलाई पासोमा पारेर मारिएको हो । खुम्बु पासाङल्हामू गाउँपालिकाकास्थित जंगलमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको कस्तुरी मृगको बहुमूल्य नाभी बिक्री गर्नका लागि सिकारीले पासो थापेको बताइएको छ । जंगलमा…