२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


लागू औषध सहित दम्पती पक्राउ


0
Shares

विराटनगर । मोरङमा लागू औषधसहित  दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेका छन् ।

बिहीबार राति करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक २ सय ६०  पिस लागू औषध  र सिरिन्ज थान फेला परेको मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, बिहीबार नै मोरङको बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुर चोकमा कोयलपुर प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले चेकिङ गर्ने क्रममा दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार हरैचा नगरपालिका–११ बस्ने ३३ वर्षीय सुरेन्द्र राई र सोही मोटरसाइकलमा सवार सुनसरीको ईटहरी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय मनिष परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एभिल १९ थान, फेरागन १९ थान,  डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान प्रहरीले नियन्त्रणमा लिएको छ ।

  उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।