२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025


आङछिरिङ शेर्पाका छोरा नवाङसहित चारजना पुर्पक्षका लागि जेल चलान


0
Shares

काठमाडौं, फागुन १५ । लागुऔषधसहित पक्राउ परेका व्यापारिक घराना यती होल्डिङ्सका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पासहित चारैजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

गत माघ १८ गते पक्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा भएको थुनछेक बहसपछि बिहीबार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर–१५ भुइँखेलस्थित गुणलक्ष्मी लामाको घरमा डेरा गरी बस्ने ओमबहादुर गुरुङको कोठाबाट आङछिरिङ शेर्पाका छोरासहित चारजनालाई स्वयम्भू प्रहरी प्रभागको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा आङछिरिङ शेर्पाका छोरा नवाङ पासाङ शेर्पा, राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेका छन् ।