२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


फरार भएका सिद्धबाबाद्वारा जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण, कारागार चलान


0
Shares

सुनसरी । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् ।

उच्च अदालत, विराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएसँगै फरार भएका गिरीले आज आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पणसँगै उनलाई आजै पुर्पक्षका लागि झुम्का कारागार चलान गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

उनलाई उच्च अदालतले माघ ९ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आदेशअनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको बेला उनी फरार भएका थिए ।

यसअघि  गत मंसिर १६ मा जिल्ला अदालत, सुनसरीले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सो आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत, विराटनगर पुगेको थियो ।