
धनुषा । वडा सचिव २० हजार घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव सुशिल ठाकुर २० हजार घुस सहित पक्राउ परेका हुन् ।
उनले जन्म प्रमाणित सिफारिश गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले सचिव ठाकुरलाई बिहीबार २० हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।
ठाकुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्