कञ्चनपुर । गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटी गएको १४ जनाको टोलीमाथि भारतबाट अवैधरुपमा सामान नेपाल भित्राउँदै गरेको अवस्थामा तस्करले…