
कपिलबस्तु । कपिलबस्तुस्थित कृष्णनगर सशस्त्र प्रहरी विओपीे पोष्टले करिब पाँच केजी चाँदीका सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ ।
हिजो साँझ ८ बजे भारतीय सीमा क्षेत्रबाट झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख ध्रुव कार्कीले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट २ सय ३० चाँदीका पायल र ४ थान मोबाइल भेटिएको छ ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ निवासी आकाश बर्मा, ओमबहादुर घर्ती र आनन्द बर्मा रहेका छन् ।
कृष्णनगर र भगवानपुरको बीच सिर्सेहवाबाट गस्ती टोलीले चाँदीका सामान ओसार्न प्रयोग गरिएको कारसमेत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्