Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


झापामा हत्या गरेर फालिएको अवस्थामा शव फेला


0
Shares

झापा, भदौ १७ । झापाको शिवसताक्षी नगरपालिकामा एक व्यक्तिको हत्या गरेर फालिएको अवस्थामा शव फेलापरेको छ ।

शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाम जाने सडकमा बुधबार बिहान सोही ठाउँका २८ वर्षीय गोमनसिंह मगरको घाँटीका साथै शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।