लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, भदौ १७ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर-७, आचार्यचोकस्थित एक खाजाघरबाट जनप्रतिनिधिसहित सातजना जुवाडे पक्राउ परेका छन् । स्थानीय एक खाजाघरमा जुवा खेलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार साँझ नगद २३ हजार १९० रुपैयाँसहित सातजनालाई पक्राउ गरेको हो । २१२ पत्ति ताससमेत बरामद गरिएको प्रहरीले जनाएको…