२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अर्घाखाँची कारागारमा एक कैदीको उपचारको क्रममा मृत्यु


0
Shares

अर्घाखाँची । अर्घाखाँची कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका रूपन्देही तिलोत्तमा नगरपालिका ५ का ४६ वर्षीय कैदी विजय पाण्डे भन्ने रामप्रसाद पाण्डेको मृत्यु भएको हो ।

उनको शरीर एक्कासी सुन्निएर उपचारको लागि अर्घाखाँची अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याउने बित्तिकै हिजो मृत्यु भएको निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिनुभयो ।