अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा शव भेटियो • Image Khabar Image Khabar


अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा शव भेटियो


Imagekhabar
२० भाद्र २०७७, शनिबार १५:२३

अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा शव भेटियो

काठमाडौं, भदौ २० । ललितपुरस्थित अल्का अस्पतालकी एक महिला कर्मचारीको हत्या भएको छ । ३९ वर्षीया गीता केसीको हत्या भएको हो ।

उनको शव ललितपुरको गोदावारी नगरपालिका–१०, मूलडोलस्थित लेलेको जंगलमा भेटिएको छ ।

हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् ।

उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।

केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट २०० मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिनुभयो ।

शवलाई ‘पोस्टमार्टम’का लागि पाटन अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्