संखुवासभा, भदौ ६ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री चोरीका साथै तोडफोडको आरोपमा क्याम्पसका प्रमुख पक्राउ परेका छन् । क्याम्पसप्रमुख डा. मातृकाप्रसाद तिम्सिनालाई अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । क्याम्पसप्रमुखमाथि आपराधिक उपद्रव मुद्दामा छानबिन र अनुसन्धान भइरहेको र घटनामा संलग्न अरुको खोजी भइरहेको प्रहरीले…