रौतहटमा हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Tue Sep 27 2022


रौतहटमा हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या


0
Shares

रौतहट । प्रदेश दुईको रौतहटमा एक जना पुजारीको गोली हानी हत्या गरिएको छ ।

गएराति साँढे ९ वजेतिर रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक खड्का सहितको टोली राती नैं घटनास्थल पुगि अनुसन्धानमा जुटेको छ ।