काठमाडौ । संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । संखुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो । गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो…