![](https://www.imagekhabar.com/wp-content/uploads/2021/10/aprad.jpg)
नवलपुर । नवलपुर जिल्लामा अपराधका घटनाहरुमा कमी आउन सकेको छैन । जिल्लामा गम्भिर तथा बढी अपराधका घटनाहरु न्यूनीकरण हुन नसकेको हो ।
गत वर्षको तुलनामा यो वर्ष अपराधका घटनाहरु बढेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीको तथ्यांकअनुुसार जिल्लामा सबै भन्दाबढी लागुपदार्थ ओसारपोसार, महिला तथा बालबालिका सम्बन्धि घटना दर्ता बढेको हो ।
त्यस्तै ज्यान मार्ने उद्योग अन्तरगत गत आर्थिक वर्ष पाचँवटा मुद्दा मात्र रहेकोमा यो वर्ष दस वटा पुगेको जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्ले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्