Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


रसुवा बाढीमा मृतकप्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थ्य लाभका लागि संयुक्त प्रार्थना (तस्वीरसहित)


0
Shares

केके मानन्धर, काठमाडाैं ।

काठमाडौंकाे बसन्तपुर महादेव पार्वती डबलीमा श्रद्धाञ्जली सभा सम्पन्न गरेकाे छ ।

देशभरका नेवार समुदायको छाता संगठन नेवाः देय् दबूले रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित दिवंगत व्यक्तिहरूको स्मरणमा श्रद्धाञ्जली सभा गरेकाे हाे ।

साे कार्यक्रममा केन्द्रीय मानन्धर संघ लगायत विभिन्न संघ, संस्था, गुठी तथा समूहबाट प्रतिनिधिमूलक सहभागिता जनाएको थियाे । साँझ मैनबत्ती बालेर विपत्तिमा मृत्युवरण गरेकाप्रति सामुहिक माैनधारण तथा घाइतेहरूको सुस्वास्थ्यको लागि संयुक्त प्रार्थना गरिएकाे थियाे ।

नेपाल सरकार मन्त्रिपरिषद् स्तरिय बैठकमार्फत राष्ट्रिय शोक घोषणा गरेर सरकारी निकाय, कूटनीतिक क्षेत्र लगायतका ठाउँमा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको सन्दर्भमा दबूले देशैभर रहेका विभिन्न संस्थामार्फत श्रद्धाञ्जली सभा गर्न आह्वान गरेको थियाे ।

दबूले आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गर्दै राहत तथा पुनस्र्थापनामा सरकारको ध्यानाकर्षण गराएकाे छ ।