काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण शुक्रबारदेखि शुरु हुँदैछ। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन्। एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । जसबाट शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउने भएकाे हाे। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने भएका…