काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय तत्काल रोक्नुपर्ने माग अस्वीकार गरेको छ। आयोगको निर्णयविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।…