Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै श्रमका अध्यक्ष राईकाे आपत्ति (विज्ञप्तिसहित)

सरकारले संसदीय मर्यादाको उल्लंघन र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप

0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

अध्यक्ष राईलेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे आपत्ति जनाउनुभएकाे हाे । प्रतिनिधिसभा सदस्य समेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाउनुभएकाे छ । अध्यक्ष राईले धेरै प्रयासपछि संसद्मा उपस्थित भएका दुई जना मन्त्रीहरूले पनि अत्यन्तै सतही जवाफ दिएको र आफू लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न सोध्न खोज्दा सभामुख डीपी अर्यालले रोकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे ।

सदन भनेकै जनताका प्रश्नहरू सोध्ने र जनहितमा नियम कानून बनाउने ठाउँ भएकाे उहाँकाे भनाइ छ। तर प्रश्न सोध्न नदिनु आपत्तिजनक भएकाे जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ । आफूले गत बैशाख २८ र २९ गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दावी गर्दै उहाँले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालो धब्बाको संज्ञा दिनुभयाे।

सभामुख अर्यालको भूमिकाप्रति पनि प्रश्न उठाउँदै अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दनीय र हास्यास्पद देखिएकाे उहााकाे तर्क छ। नियम भन्दा नियत ठूलो हुने बताउदै उहाँले त्यो नियत जनता र लोकतन्त्रको पक्षमा हुनुपर्नेमा उहाँकाे जाेड थियाे ।