काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको छ ।
प्रतिनिधिसभाकाे बिहीबार बसेकाे बैठकको शुरुमै बोल्दै उहाँले प्रधानमन्त्री शाह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राख्नुभएको हो । संसदीय निमयावली अनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने समेत सुझाव दिनुभएकाे छ ।
अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरुले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री शाहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाउनुभयो .. .अध्यक्ष राईले प्रधानमन्त्री शाहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भन्दै पटक-पटक प्रश्न समेत गर्नुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्