Logo २ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026


लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक आज बस्दै

काठमाडौं। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको हो। त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवले दुलर्जा पुनले जानकारी दिनुभएको छ ।