Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन


481
Shares

काठमाडाैं । नेपालले महंगो हुने भएकाले प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले धेरै महंगो भएकाले नेपालले फरेन्सिक ल्याव धेरै बनाउन नसक्ने बताएका छन् ।

बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रदेश प्रदेशमा त्यस्ता खालको ल्यावहरु बनाउनुपर्ने आवश्यकताा औँल्याएपछि उनले यस्तो बताएका छन् ।

उक्त ल्यावका लागि आवश्यक पर्ने उपकरणहरु धेरै महंगो हुने भएकाले प्रदेश प्रदेशमा त्यस्ता खालका ल्यावहरु राख्ने कुरा नेपालको क्षमताले नभ्याउने पूर्वशिक्षामन्त्री समेत रहनुभएका सांसद पुनको भनाई थियो ।

उहाँले आईएसओ मान्यता प्राप्त गर्नुपर्ने भएकाले पनि उक्त ल्याव नेपालले धेरै बनाउन नसक्ने भएकाले एउटा बनाउने र कतिपय चेकजाँचको काम विदेशमा नै लगेर गर्नुपर्ने अवस्था नेपालको रहेको पनि स्पष्ट पारेका छन् ।

सांसद पुनले कोरोना कालमा त्यसको जाँच गर्नका लागि नेपालले हङकङलगायतका देशहरुमा पठाएको उल्लेख गर्दै फरेन्सिक चेकजाँचको विषयमा पनि विदेशी मुलुकहरुमा पठाउने कामलाई अझै निरन्तरता दिँदा नै उपयुक्त हुने धारणा समेत राखेका छन् ।

सांसद पुनले उक्त ल्याव थुप्रै बनाउने क्षमता नेपालसँग नभएकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए।