काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ ।
सरकारी तथ्यांकअनुसार पछिल्लो ४ वर्षयता नेपालमा त्यस्ता खालका परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य बाहिर आएको हो ।
आज राजधानीमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले यस सम्बन्धी तथ्यबारे जानकारी गराएकी छन् । उनले आर्थिक वर्ष २०७८-७९ मा ९८ वटा परियोजना र त्यसबाट आउने बजेट ४० अर्व रहेको जानाकरी दिइन् ।
न्त्रालयले चालु आर्थिक वर्षमा पनि त्यस्ता परियोजना र स्रोत घट्ने आँकलन गरेको छ । सचिव अर्यालले विश्वव्यापी रुपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट ग्रयाजुयट हुने सन्दर्भले पारेको प्रभाव कारण पनि नेपालमा यस्ता परियोजना र त्यसबाट आउने बजेट घटदै गएको हुनसक्ने पनि बताएकी छन् । सचिव अर्यालले नेपालमा गैर सरकारी संस्थाहरुलाई कडाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताइन् ।










प्रतिक्रिया दिनुहोस्