काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग नगर्ने स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समय समयमा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताउनुभएको हो । नेपाली कांग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको बताउँदै उहाँले एकैदिन पर्नु संयोग मात्रै भएको बताउनुभएको छ।…