सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी–८ पालीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिनुभयो । मृतक मध्ये पोखरा १९ कास्की निवासी…