Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


मेलवर्न स्टार्स एकेडेमीविरूद्ध जितका लागि नेपालले पायो १७६ रनको लक्ष्य


468
Shares

काठमाडाैं ।

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा जितका लागि नेपालले १७६ रनको लक्ष्य पाएको छ।

डार्विनस्थित मर्रारा स्टेडियममा मेलवर्न स्टार्स एकेडेमीविरूद्ध जितका लागि नेपालले १७६ रनको लक्ष्य पाएको हो।

सोमबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्स एकेडेमीले ७ विकेट गुमाएर १७५ रन बनाएको हो। मेलवर्न स्टार्स एकेडेमीका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। उनले ४७ बलमा ७ चौका र २ छक्का हाने।

त्यस्तै ओपनर थोमस रोजर्सले ४६ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरी ६५ रन बनाए। साम हार्परले नट आउट ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। सोमपाल कामी र शाहब आलमले एकरएक विकेट लिए। जबाफी ब्याटिङ गरिरहँदा नेपालले ४ ओभरमा दुई विकेट गुमाएको छ।

Skip This