Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


‘म एमालेकै कार्यकर्ता हुँ, पार्टी सदस्यता कसैले पनि खोस्न सक्दैन’ : पूर्वराष्ट्रपति भण्डारी


0
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेकै कार्यकर्ता भएका कारण आफ्नो सदस्यता कसैले पनि खोस्न नसक्ने दावी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी सदस्यता नवीकरण गरिसकेका कारण एमालेसँगको पुरानो संगठनात्मक नाताबाट कसैले बञ्चित गर्न नसक्ने जिकिर गर्नुभएकाे हाे। अहिले पनि त्यहि पार्टीमा रहेको दावी गर्दै पूर्वराष्ट्रपति भण्डारीले औपचारिक रूपमा कसले के निर्णय गर्याे भन्ने आफूलाई सरोकारको विषय नभएको बताउनुभयो ।

राष्ट्रपति एउटा पद भएको बताउँदै उहाँले जनताले निर्वाचित गरेर कोही पनि व्यक्ति त्यो पदमा जान सक्ने र कार्यकाल सकिएपछि पुनः सामान्य नागरिक जीवनमा फर्किन सक्ने बताउनुभएको छ ।