काठमाडाैं । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ । योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ । मंगलवार प्रहरी प्रधान कार्यालय एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रणनीतिक योजनामा नवप्रवर्तन, इमानदारिता…