Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


विश्वकप फुटबलमा अर्जेन्टिना, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा प्रवेश

जोर्डन भने ३–१ गोल अन्तरले पराजित

26
Shares

काठमाडाै । साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा शतप्रतिशत नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेकाे छ ।

डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेकाे हाे । समूह ‘जे’बाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन् ।

समूह ‘जे’ को अर्को खेलमा अस्ट्रिया र अल्जेरियाले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए। इन्जुरी समयमा महरेजको गोलले अल्जेरियालाई जित नजिक पुर्‍याए पनि त्यसको केहीबेरमै सासा कालाज्डेजिकले बराबरी गोल फर्काएपछि खेल ३–३ को बराबरीमा सकिएको हो ।

अस्ट्रिया र अल्जेरियाले समान ४–४ अंक जोडेका छन् । गोल अन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदै दुवै टोली नकआउट चरणमा प्रवेश गरे‍का हुन् ।