काठमाडौं । अस्ट्रेलिया सरकारले नेपालका बाढी तथा पहिरो प्रभावित समुदायका लागि ५० लाख अस्ट्रेलियन डलर (करिब ३५ लाख अमेरिकी डलर) बराबरको सहायता प्याकेज घोषणा गरेको छ । अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त सहायता रकम खाद्यान्न, आपत्कालीन आश्रय, पिउने पानी तथा सरसफाइ जस्ता तत्काल आवश्यक मानवीय सहायता तथा पुनरुत्थानका कार्यमा खर्च गरिने जनाइएकाे हाे।…