Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित


65
Shares

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गरेको हो।

एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ। यससँगै नेपाल सन् २०२७ जनवरी १ देखि मानवअधिकार परिषद्को सदस्यका रूपमा तेस्रो कार्यकालमा प्रवेश गर्नेछ।

यसअघि नेपाल सन् २०१८ देखि २०२३ सम्म दुई कार्यकाल परिषद्को सदस्य रहिसकेको छ। नयाँ कार्यकालका लागि निर्वाचित भएसँगै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा मानवअधिकार संरक्षण र प्रवर्द्धनका विषयमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने अवसर पाएको छ।

नेपालले नयाँ कार्यकालमा मानवअधिकारको संरक्षण, समानता, समावेशिता तथा सामाजिक न्यायको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।