काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको संरचना र कार्यशैलीबाट अघि बढ्न नसक्ने निष्कर्षमा नेतृत्व पुगेको बताएका छन्। पार्टीले आयोजना गरेको दुई दिने कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै उनले संगठनात्मक जीवनलाई पुनर्गठन गर्दै अघि बढ्ने निर्णय सचिवालय बैठकबाट गरिएको जानकारी दिए। उनका अनुसार हालैको निर्वाचनमा पार्टीले बेहोरेको धक्काको कारण खोजी गर्न गम्भीर समीक्षा गरिनेछ।…