काठमाडौँ । नेकपा एमाले निकट युवा संघले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा मसाल जुलुस निकालेको छ । बिजुलीबजार क्षेत्रमा नेता–कार्यकर्ताहरूले जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । यसअघि माइतीघर–बबरमहल क्षेत्रमा पनि एमाले सम्बद्ध संगठनहरूले प्रदर्शन गरेका थिए । युवा संघका नेताहरूले भोलिदेखि आन्दोलन अझै आक्रामक बनाइने बताएका छन् । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा…