Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेकाे संख्या ४० नाघ्याे, दर्जनौं नागरिक घाइते 


0
Shares

एजेन्सी। पूर्वी-अफगानिस्तानमा साेमबार अविरल वर्षापछि आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेकाे संख्या ४० जना भन्दा बढी पुगेकाे छ।

बाढीमा परी दर्जनौं व्यक्ति घाइते हुनुका साथै केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्युज’ले जनाएको हाे । संयुक्त राष्ट्रसंघले बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्यांकन गर्दै आपत्कालीन सहायता परिचालन गरिरहेका हुन् । प्रभावित परिवारका लागि अस्थायी आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा, अत्यावश्यक घरायसी सामग्री तथा मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

मानवीय सहायता संस्थाहरूले राहत सामग्री पुर्‍याउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेका हुन् । तर क्षतिग्रस्त सडक र कठिन भौगोलिक अवस्थाका कारण केही बढी प्रभावित समुदायसम्म सहायता पुर्‍याउन कठिनाइ भइरहेको राष्ट्रसंघले जनाएको छ ।