Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


काभा भलिबल च्याम्पियनशिपमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा

0
Shares

काठमाडौं । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले बिहीबार आफ्नो दोस्रो खेल श्रीलङ्कासँग प्रतिस्पर्धा भएकाे छ।

नेपाल र श्रीलङ्काबीचको खेल बिहीबार बिहान साढे १० बजेदेखि शुरू हुने भएकाे हाे । नेपाल बुधबार उद्घाटन खेलमा काजकस्तानसँग पराजित भएको थियो । त्यस्तै, श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो । बिहीबारको खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रने भएका छन् ।

यहि साउन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलंका सहभागी रहेका छन् । राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्ने भएका हुन् ।

नेपाली टोलीको कप्तानीमा हरिहजुर थापाले र मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन् ।