काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभी-पापी’ को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आइतबार गुण्डुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर बिफ्रिङ लिनुभएको हाे। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कडा असन्तुष्टि…