काठमाडाैं । घरेलु टोली मेक्सिकोले जारी फिफा विश्वकप फुटबलको समूह ‘ए’ मा आफ्नो बलियो वर्चस्व कायम राख्दै शतप्रतिशत जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा बिहीबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई ३-० गाेलको सहज अन्तरले पराजित गर्दै मेक्सिकोले ऐतिहासिक कीर्तिमान रचेको हो । विश्वकप इतिहासमा मेक्सिकोले समूह चरणका…