काठमाडौं । नेकपा एमालेले विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित ६ पर्वतारोही टोलीका सदस्यहरूको पाकिस्तानमा रहेकाे ब्रोड पिकको हिमपहिरोमा परी भएको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ ।
एमालेका महासचिव शंकर पोखरेलले शनिबार एक शोक वक्तव्य जारी गर्दै यस अकल्पनीय खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहित भएको उल्लेख गर्नुभएकाे हाे । हिमपहिरोमा परी पुर्जासहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्याल्जेन शेर्पाको निधन भएको थियाे ।
उनीहरूको असामयिक निधनले पर्वतारोहण क्षेत्रका साथै समग्र राष्ट्रले नै आफ्नो अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्तति गुमाएको एमालेको निष्कर्ष छ।










प्रतिक्रिया दिनुहोस्