Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


नेपाली सेनाद्वारा जटिल भू-बनोट भएका ३२ सडक आयोजना सम्पन्न

४ सय ११ दशमलव ५४ किलोमिटर सडक निर्माण

0
Shares

काठमाडौं । नेपाली सेनाले जटिल भू-बनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४ सय ११ दशमलव ५४ किलोमिटर सडक निर्माण गरेको छ ।

सेनाको व्यवस्थापनमा हालसम्म कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा, बेँसीसहर–चामे, कालीगण्डकी करिडोर र कर्णाली करिडोर लगायत आयोजना सम्पन्न भइसकेका हुन् । सरकारले दुर्गम स्थानलाई सडक सञ्जालसँग जोड्ने क्रममा कठिन भौगोलिक बनावट, कडा चट्टानयुक्त भीर तथा निर्माण गर्न कठिन मानिएका सडकखण्डको जिम्मा सेनालाई प्रदान गर्दै आएको छ ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सीमित स्रोतसाधन, प्रतिकूल मौसम तथा जटिल भू-बनावटको बाबजुद सेनाले यस्ता राष्ट्रिय गौरव तथा प्राथमिकताका सडक आयोजना सफलतापूर्वक कार्यान्वयन गरेकाे बताउनुभयाे । साथै वार्षिक ‘माइलस्टोन’ शतप्रतिशत पूरा गर्दै राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको समेत जानकारी गराउनुभएकाे छ।