स्थानीय तहको निर्वाचनका लागि तोकिएको दिन भनेको २०७४ साल वैशाख ३१ गते हो । सबै ७४४ स्थानीय सरकारको एकैदिन गर्ने योजना छ अहिलेसम्म । निर्वाचन त हुनै पर्छ । एकातिर निर्वाचनका विरुद्ध बिथोल्नेसम्मको कार्ययोजना ल्याएका छन् मधेस केन्द्रित भनेर आफूलाई चिनाउन चाहने राजनीतिक दलहरुले भने अर्कोतिर आफ्नो क्षीण शक्तिको आँकलन गरी एकतातर्फ पनि एकोहोरिएका छन्…